‘उम्मेदवार क्लब’ मार्फत् रास्वपाले उम्मेदवार छान्नेछ ः महामन्त्री ढकाल

देवचुली,
चारबर्ष पछि २०८४ सालमा हुने निर्वाचनमा उम्मेदवार बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार क्लब गठन गर्ने भएको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले शनिबार नवलपुरको पिप्रहरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपा जान्नेलाई छान्ने पार्टी भएकाले आगामी निर्वाचनको लागि दक्ष उम्मेदवार बनाउन पार्टीले उम्मेदवार क्लबको अवधारणा ल्याएको बताउनुभयो । रास्वपाको जलेश्वर बैठकबाट पारित संयुक्त दस्ताबेजको विषय एवम् वर्तमान राजनीतिको अवस्था र पार्टीको आगामी कार्यदिशाका बारेमा सम्बोधन गर्न नवलपुर आएका प्रवक्ता ढकालले जलेश्वर बैठकले पार्टीको ठोस निति र कार्यदिशा बनाएको भन्दै पार्टी अब सहि ढंगले अघि बढ्ने बताए । उनले रास्वपाले प्रदेश संरचनाका बारेमा स्पष्ट धारणा बनाई नसकेको भन्दै मुलुकलाई राजतन्त्र नभई लोकतान्त्रिक गणतन्त्र नेपाल नै मान्ने बताए ।
धर्मको विषयमा पार्टीको कुनै खास टिप्पणी नभएपनि समभाव, धार्मिक एकता र सहिष्णुता नै पार्टीले अबलम्वन गर्ने भन्दै राष्ट्रिय राजनीतिको हिसाब किताब अनुसार नै पार्टी अगाडि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै रास्वपाका गण्डकी प्रदेशका सभापति राजन गौतमले नवलपुरमा संचालित पार्टीको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टीमा आबद्ध सबै सदस्यहरुलाई जलेश्वर बैठकको निर्णय र त्यसको कार्यान्वयनको बारेमा प्रशिक्षण गरिएको बताए । उनले दुई दिने बैठकबाट कुनै नयाँ निर्णय नगरेपनि पार्टीको संगठन विस्तार र पार्टीलाई बलियो बनाएर लैजाने बिषयमा आँफूहरुको बैठक केन्द्रित रहेको बताए ।
नवलपुरको पिप्रहरमा आयोजित रास्वपाको गण्डकी प्रदेशको पूर्ण बैठकमा प्रदेश भित्रका विभिन्न समिति र परिषद्मा रहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *