किसान सहकारी रजहर शाखाबाट ६ लाख ३५ हजार चोरी

कावासोती । नवलपुरको एक किसान शाखामा चोरी भएको छ । देवचुली नगरपालिका – १६ रजहर स्थित रहेको किसान बचत तथा ऋण सहकारीको जनमुखी सेवा केन्द्रमा चोरी भएको हो ।

गए राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी गरिएको हो । शुक्रबार बिहान कार्यालय ताला फोडिएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो।

कार्यालयको ताला फोरेर कार्यालय भित्र रहेको सेफ फोरिएको पाईएको इलाका प्रहरी रजहरका कार्यालय प्रमुख कमल परियारले जानकारी दिए । ‘जुन ठाउँ सेफ राखिएको छ त्यो ठाउँबाट पैसा झिकिएको पाईएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

सहकारीमा बुझ्दा सेफमा ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ रहेको उनी बताउँछन् । सहकारीमा चोरले एउटा सिसि क्यामरा पनि चोरेको प्रहरीले जानकारी दिएको छ ।

गए राती नै रजहरमा रहेको बिकु बचत तथा ऋण सहकारीको शाखा कार्यालयमा समेत चोरी प्रयास गरेको र सेफमा पैसा नभएकाले कुनै पनि आर्थिक क्षति नभएको तर १ वटा सिसि क्यामरा चोरी भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *