नेपालमा पुनः कोभिड– १९ को नयाँ भेरियन्ट देखिएको छ। हाल विभिन्न देशहरुमा देखिइरहेको ‘केपी.१’ र ‘केपी.२’ नामक दुईवटा नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको हो।
हाल देखिएका यी भेरियन्टहरु ओमिक्रोनका नयाँ सब–भेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी.१’ र १७ जनामा ‘केपी.२’ पुष्टि भएको हो।
भारत, चीन, थाइल्याण्ड, सिंगापुर, अस्ट्रेलिया, न्युजील्याण्ड र बेलायतमा समेत पछिल्लो समय फैलिइरहेको यो भेरियन्ट निकै संक्रामक मानिएको छ। यी भेरियन्टहरुले गत डिसेम्बरमा सिंगापुरको कोभिड संक्रमणको लहर नै ल्याएको थियो।
भारतमा गत जनवरीमा मात्रै पुष्टि भएतापनि संक्रमण बढी नदेखिएको बताइएको थियो। तर, अमेरीकामा भने गत मेमा कूल संक्रमणको २८ प्रतिशतमा केपी १ र केपी २ पुष्टि भएको थियो।
संक्रमण फैलिएका यी देशहरुले नयाँ भेरीयन्टहरु बढी संक्रामक भएपनि अत्यधिक जोखिमपुर्ण भने नदेखिएको बताउँदै आएका छन्।