कावासोती । उद्यम बिकास सहजकर्ता संघ नवलपुरले दोश्रो जिल्ला भेला सम्पन्न गरेको छ । शनिबार कावासोतीमा सुनिता गुरुङको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।
भेलामा विभिन्न निर्णयहरु भएको थियो । उद्यम बिकास सहजकर्ता संघ नवलपुरले जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्ने र पान नम्बर लिने द्रूूत गतिमा, संस्था दर्ता गर्नको लागि प्रत्येक उद्यम बिकास सहजकर्ता बाट रु १००० का दरले उठाउने, मासिक बैठकमा रु ३०० का दरले पुनः सल्लाह गरि कोष जम्मा गर्ने, मासिक बैठक प्रत्येक महिनाको पहिलो शनिबार बिहान ११ बजे बस्ने र कार्य समिति बिघटन गरि नया समिति चयन गरिने जस्ता निर्णयहरु गरेको थियो ।
नवलपुरका समपुर्ण स्थानिय तहहरुमा रहेका उद्यम बिकास सहजकर्ता हरुको हक हितमा काम गरि उधमिहरु लाई ब्यावसायिक उघमि सिर्जना गर्नु यसको मुख्य उदेश्य भएको संघका सचिव पुर्ण थापाले बताउनुभयो । उक्त संघको स्थापना मा भएको थियो ।
भेलामा अध्यक्ष सुनिता गुरुङ, उपाध्यक्ष राघा भण्डारी, सचिव पुर्ण थापा, कोषाध्यक्ष सबिता गुरौं, सदस्य कमला अधिकारी, जित बहादुर वि.क, दुमन्ति थापा लगायत कार्यसमितीहरुको उपस्थित रहेको थियो । संघको स्थापना २०७७ मा भएको अध्यक्ष सुनिता गुरुङले बताउनु भयो ।