फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन, अध्यक्षमा चन्दा गुरुङ

२५ मंसिर, नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनको बन्द सत्रले ३ वर्षका लागी चन्दा गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितीको उपाध्यक्ष्यमा राजन थकाली,सचिवमा टोल वहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल, र सहसचिवमा कृष्ण माया थापा सर्वसम्मतिले चयन भएका हुन् । सदस्यहरुमा खेम नारायण महतो, शिला गुरुङ , तेजेन्द्र राना , पुजा गुरुङ , टेक वहादुर रजाली , भिम वहादुर राना , याम वहादुर सोमै र चन्द्रा कुमारी महतो रहेका छन् । यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना , राम कुमार श्रेष्ठ , अशिफ गुरुङ , सुर्य कुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् । भने प्रदेश पार्सदमा जित नारायण थनेत शारदा झेडी , टोप वहादुर राना , दिपेन्द्र थापा , प्रितम भुजेल , शारदा श्रेष्ठ , मनिराम थनेत र सविता गुरुङ रहेका छन् । 
अधिवेशनको उद्घाटा सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताउनु भएको छ । शनिबार कावासोती नगरपालिकाको सभाहलमा विभिन्न सञ्चार गृहमा आवद्ध जनजाति पत्रकारको विशेष उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *