सरकारी सुविधाको इन्धन कटौती गरिँदै, २० प्रतिशत खपत घटाउने लक्ष्य

काठमाडौँ — पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

 

अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर ः रासस

विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको उनले बताए । बाह्य क्षेत्र बिग्रेकाले त्यसका लागि पहल गरिएको मन्त्री शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *