बुलिङटारको गौरवको आयोजनामा रहेको बाढीपहिरोले क्षतिग्रस्त नहर अध्यक्ष सुनारीको प्राथमिकता सूचीमा

नवलपुर – नवलपुरको पहाडी गाउँपालिका बुलिङटारका गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले बुलिङटार सिंचाई आयोजनाको अवलोकन गरेका छन् ।

तीनदशकभन्दा अगाडि निर्माण सम्पन्न नहरको अवलोकन गर्दै अध्यक्ष सुनारीले उक्त सिंचाई आयोजना बुलिङटारको गौरवको आयोजना भएको बताएका छन् ।

बुलिङटारको करिब २८० हेक्टर जमिन सिंचाई गर्ने लक्ष्यसहित २०४३ सालमा निर्माण सुरु भएको उक्त नहर २०४६ साल फागनु १० गतेदेखि सञ्चालनमा आएको र हालसम्म पनि कायमै रहेको कुरा बताउँदै अध्यक्ष सुनारीले भुइँचालो र बाढीपहिरोले क्षतिग्रस्त नहरको मर्मतसम्भार गाउँपालिकाको प्राथमिकताको सूचीमा रहेको बताएका छन् ।

अध्यक्ष सुनारीले यस आयोजनाको मर्मत सम्भारका लागि गाउँपालिकाले पहिलो प्राथमिकता राख्दै बुलिङटारको जमिनमा सिंचाई गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कृषिको उत्पादन र बजारीकरणका लागि पहिलो प्राथमिकताका साथ पदबहाली गरेका यस आयोजनाबाट सिंचित जमिनबाट उत्पादकत्व बढाउन गाउँपालिका निरन्तर रुपमा लागि पर्ने समेत बताए ।

उक्त सिंचाई आयोजना २०४६ साल फागुन १० गते तत्कालिन राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *