नेपाल फाइनान्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, २२ पुस ।
नेपाल फाइनान्स लिमिटेडको ३०औँ वार्षिकोत्सवका अवसरमा गैंडाकोट शाखाले शैक्षिक सामग्री वितरण गरेको छ । गैंडाकोट ६ मा रहेको श्री भाग्योदय आधारभूत विद्यालयमा अध्ययनरत करिब ८० जना विद्यार्थीलाई कापी, कलम, इरेजर, सापनरलगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि फाइनान्सका शाखा प्रमुख रुद्रलाल भुसाल र सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट नगरपालिका( ६ का वडाध्यक्ष सुभाष चापागाईंले संयुक्तरुपमा उक्त सामग्री विद्यार्थीलाई हस्तान्तरण गरे ।

 

सभापति चापागाईंले विद्यालयमा आउने यस किसिमका सहयोगले विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्नुको साथै अनुशासित बन्न उत्प्रेरित हुने बताए ।

फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा रहेको छ । देशभर १२ वटा शाखाबाट विभिन्न किसिमको बचत खाता, मुद्दती खाता, ऋण सुबिधाका साथै मोबाइल बैंकिङ, एटिम, कनेक्ट आइपिसलगायत अत्यावश्यक सेवाहरु प्रवाह गर्दै आएको गैंडाकोट शाखा प्रमुख भुसालले जानकारी दिए । नेपाल फाइनान्स मुलुकको पहिलो फाइनान्स हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *