बुलिङटार, मंगलवार
नवलपुरको गैडाकोट देखि पाल्पाको राम्दि जोड्ने सरकारको राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको कालीगण्डकी करिडोर समयमा नसक्दा स्थानीय जनताहरुले सास्ति भोग्नु परेको छ । स्याञ्जा, पाल्पा, नवलपुरको बौदिकाली, बुलिङटार, गैंडाकोट हुदै नारायणगढ, काठमाडौं जोडिने सडकको विभिन्न ठाउहरुमा पक्कि पुल निर्माण नहुँदा स्थानीय जनताहरु मर्कामा परेका हुन् ।
नवलपुरको गैडाकोट नगरपालिका र बुलिङटार गाउँपालिका जोड्ने सिमाना तरंग खोलामा पक्कि पुल नबन्दा यात्रुहरुलाई मर्का परेको छ। जसले गर्दा स्थानीय यात्रुहरुले दुख झेलीराख्नु पर्ने बाध्यता छ । ठेकेदार र सम्बन्धित निकायको लापरबाहीले गर्दा यस्तो परिस्थिति सिर्जना भएको स्थानीयको भनाइ छ।
पक्कि पुल नबन्दा अहिले कालीगण्डकी करिडोर मार्फत आवत जावतमा थप्प भएको छ । वर्षाको समय भएकाले झरी पर्न थालेपछि तरंग खोला बढेकाले जनजीवन नै थप्प भएको छ । कालीगण्डकी करिडोर सडक र उक्त सडक अन्तर्गत पर्ने पुलहरुको ठेक्का भने फरक फरक कन्स्ट्रक्सनले लिइएको छ । जसमा पुलहरुको जिम्मा भने लोहोनी कन्स्ट्रक्सनले ठेक्का लिइएको थियो ।
ठेकेदार पक्ष र सम्बन्धित निकायको लापरवाही तथा वेवास्तताको कारणले उक्त पुल सम्पन्न नभएको स्थानीयको भनाई छ । वर्षों देखि उक्त सडकखण्डमा पानी पर्न साथ जनजीवनको यात्रा नै भएको सबैले देख्दा ठेकेदार पक्ष र सम्बन्धित निकायको आखामा जनजीवनको पिडा देखा परेन । तरंग पुल २०८०/३/३१ मा सक्नुपर्ने काम अझ सकिएको छैन । समयमा काम नसक्किए पछि ६ महिनाको म्याद थपिएको छ ।
राष्ट्रिय गौरवको योजना समयमा सम्पन्न नहुदा स्थानीय सरकारका जनप्रतिनिधीहरु अन्यौलमा परेका छन् । आफुहरुको क्षेत्रमा राष्ट्रिय गौरवको योजना समयमा सम्पन्न नहुदा अन्योलमा रहेको बुलिङटार गाउँपालिकाका अध्यक्ष ईन्जिनियर दिपेन्द्र सुनारी मगरले बताउनु भयो । पटकपटक आफूहरुले भरतपुरको लोहानी कन्स्ट्रक्सनलाई अनुरोध गर्दा पनि वेवास्ता गरेको अध्यक्ष ई. सुनारी मगरले बताउनु भयो । अध्यक्ष इन्जिनियर सुनारी मगर (आफू) र गैंडाकोट नगरपालिका वडा न ३ का अध्यक्ष शिवकान्त तिवारीले कन्स्ट्रकसनके कार्यलयमा गएर कुरा राख्दा पनि आफूहरुको अनुरोधलाई पनि वेवास्ता गरेको उहाँले बताउनु भयो । यसै विषयले जनताहरुको पीडा आफ्नै पिडा महसुस आफुहरुमा भएको उहाले बताउनु भयो ।