चितवनमा वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८१ हुने

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
linkedin sharing button
sharethis sharing button

चितवनमा वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८१ हुने

चितवन- उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा यही वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८१ हुने भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको हो ।
प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग सङ्घका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।


आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ । प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासङ्घका अध्यक्ष टेकलाल भुसालले जानकारी दिनुभयो ।


कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ । अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *